१ श्रावण २०८२ बिहीबार
image/svg+xml
समाज

राजु पाण्डेमाथिको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालतको आदेश

काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।

बिहीबार उच्चका न्यायाधीश द्वय ऋषि राज भण्डारी र डिल्लीरत्न पाण्डेको संयुक्त इजलासले पाण्डेको पक्षमा आदेश गर्दै पाण्डेको निलम्बन कार्यान्वयन नगर्न आदेश गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई गत जेठ २० गते  ६ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले मङ्गलबार उच्चमा उत्प्रेषणको रिट दायर गरेका थिए ।

प्रकाशित: ४ असार २०८२ १७:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App