२६ असार २०८२ बिहीबार
image/svg+xml
समाज

साइबर ब्यूरोद्वारा दिलभूषणको नाममा उपस्थितिका लागि सूचना जारी

नेपाल प्रहरीको साइबर ब्यूरोले पत्रकार दिलभूषण पाठकको नाममा उपस्थितिका लागि सूचना जारी गरेको छ। ब्यूरोले मङ्गलबार (आज) उपस्थितिका लागि पाठकको नाममा सूचना जारी गरेको हो।

पीडित ‘साइबर ब्यूरो ५९’ को जाहेरीले सरकार प्रतिवादी भएको विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा पक्राउ अनुमति प्राप्त भएको भन्दै पाठकलाई उपस्थित हुन सूचनामा भनिएको छ।

जिल्ला अदालत, काठमाडौंले दिएको पक्राउ पूर्जीविरुद्ध पाठकका तर्फबाट उच्च अदालत, पाटनमा निवेदन दर्ता भएको थियो। उक्त निवेदनमा अदालतले दुवै पक्षलाई असार पाँच गतेका लागि छलफलमा बोलाएको छ। अदालतले पक्राउ नगर्न आदेशसमेत दिएको थियो। तर, आज ब्यूरोले सूचना जारी गर्दै ब्यूरो वा नजिकक प्रहरी कार्यालयमा उपस्थित हुन भनेको छ। यसअघि ब्यूरोले मूलत: यस प्रकारको प्रकरणमा यस्तो सूचना जारी गर्दैनथ्यो। 

पाठकविरुद्ध काठमाडौंको पाँचतारे होटल हिल्टनसम्बन्धी बनाएको एक भिडिओका कारण पक्राउ पुर्जी जारी भएको थियो।

प्रकाशित: ३ असार २०८२ २०:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App