१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

धनराज गुरुङ जोडिएको मितेरी सहकारीका अर्का आरोपी कम्बोडियामा पक्राउ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ जोडिएको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका अर्का आरोपी ज्योतिबहादुर भण्डारी कम्बोडियामा पक्राउ परेका छन् ।

कानुन उल्लंघनको आरोपमा कम्बोडियामा पक्राउ परेका उनलाई नेपाल ल्याउने पहल सुरु भएको छ । उनीविरुद्ध इन्टरपोलमार्फत् रेड नोटिस पनि जारी भएको थियो । शुरुमा उनलाई डिफ्युजन नोटिस जारी गरी खोजिएको थियो । अदालतमा मुद्धा गएपछि रेड नोटिस जारी गरि खोजिएको थियो ।

ललितपुर महानगरपालिका वडा नम्बर–५ स्थित महालक्ष्मीस्थानमा सञ्चालित मितेरी बचतको रकम अपचलन गरेको भन्दै सोही सहकारीका सञ्चालक समिति सदस्य बोधविक्रम थापाले केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबीमा० जाहेरी दिएका थिए । अनुसन्धानका क्रममा सिआइबीले भण्डारीसहितको समूहले सहकारीको झण्डै साढे ३ करोड रुपैयाँ अपचलन गरेको निष्कर्ष निकालेको थियो ।  

सोही अपचलनमा कांग्रेस उपसभापति गुरुङ र उनकी पत्नी ज्योति गुरुङमाथि पनि अनुसन्धान भइरहेको छ ।

यस्तै सहकारीको रकम अपचलन गरेको आरोपमा गुरुङ र भण्डारीसहित सुजन शाक्य, हितमान थापा र प्रकाश यादवविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । उनीहरूको समूहले साढे १२ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप छ ।

प्रकाशित: ३ असार २०८२ १८:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App