१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

नेपाली शान्ति सैनिकको अदलीबदली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा अबेइको अन्तरिम सुरक्षा बल मिसनमा तैनाथ नेपाली शान्ति सेनाको तेस्रो समूह सोमबार स्वदेश फर्किएको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सहसेनानी भोलाकुमार कार्कीको नेतृत्वमा ६७ जना नेपाली शान्ति सैनिक सोमबार स्वदेश फिर्ता भएका हुन्।

यसअघि प्रमुख सेनानी ज्ञानकाजी श्रेष्ठको नेतृत्वमा उक्त मिसनमा बदली गर्न चौथो समूह रहने गरी ७७ जना शान्ति सैनिक गत जेठ ३० गते त्यसतर्फ गएका थिए। हाल त्यस मिसनमा १०७ जना शान्ति सैनिक कार्यरत रहेको जानकारी दिइएको छ। रासस

प्रकाशित: ३ असार २०८२ ०६:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App