२६ असार २०८२ बिहीबार
image/svg+xml
समाज

स्कुलभित्रै भ्यान दुर्घटना, एक विद्यार्थीको मृत्यु, सातजना घाइते

काठमाडौंको कलंकीस्थित एडिफाई इन्टरनेसनल स्कुल परिसरभित्र सोमबार दिउँसो आफ्नै स्कुलको माइक्रो भ्यानले ठक्कर दिँदा एक छात्राको मृत्यु भएको छ भने चालकसहित अन्य सात जना घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा काठमाडौंको कुलेश्वर बस्ने सर्लाही घर भएकी ९ वर्षीया छात्रा सोनाक्षी यादवको मृत्यु भएको हो। ठक्करबाट गम्भीर घाइते भएकी उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

उक्त दुर्घटनामा घाइते भएका अन्य ६ जना विद्यार्थीमध्ये पाँच जनाको नेपाल नेशनल अस्पताल र एक जनाको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका भ्यान चालकको पनि बयोधा अस्पतालमै उपचार जारी छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: २ असार २०८२ १८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App