१५ असार २०८३ सोमबार
image/svg+xml
खेल

विश्वकप नकआउट : जर्मनीले पाराग्वेको सामना गर्दै

२०२६ फिफा विश्वकपको अन्तिम ३२ मा जर्मनीले मंगलबार पाराग्वेसँग खेल्दैछ। फक्सबरोमा हुन लागेको खेल नेपाली समय अनुसार मंगलबार बिहान २ः१५ बजेबाट सुरु हुनेछ।

यस खेलमा पराजित टोली घर फर्कनेछ भने विजेता टोली अन्तिम १६मा पुग्नेछ। विजयी टोलीले अन्तिम १६ मा फ्रान्स वा स्वीडेनसँग प्रतिस्पर्धा गर्नेछ।

जर्मनी समूह चरणको अन्तिम खेलमा इक्वेडरसँग १–२ ले पराजित भएको थियो। यसअघि टोलीले आइभरी कोस्ट र कुरासाओलाई पराजित गर्दै समूह विजेता बनेको थियो।

यसैबीच, पाराग्वेले समूह डी मा तेस्रो स्थान हासिल गर्न अष्ट्रेलियासँग ०–० को बराबरी खेल्यो। उनीहरूले ४ अंक र २ गोल अन्तरका साथ तेस्रो स्थान हासिल गर्ने उत्कृष्ट आठ टोलीहरूमध्ये छनोट भए।

यी दुई टोली विश्वकपमा यसअघि एक पटक मात्र भेटेका छन्। २००२ मा भएको राउन्ड अफ १६ को खेलमा जर्मनीले पाराग्वेलाई १–० ले हराएको थियो।

जर्मनीका नथानिएल ब्राउन मांसपेशीको चोटबाट पीडित छन् भने निको स्लोटर्बेक गोलीगाँठोको चोटका कारण प्रतियोगिताबाट बाहिरिएका छन्।

उता, पाराग्वेका मिगुएल अल्मिरोनले अष्ट्रेलिया विरुद्धको खेलमा निलम्बन भएका थिए। उनी एक पटक छनोटको लागि उपलब्ध हुनेछन् भने डिएगो गोमेज निलम्बित छन्। यस्तै, ओमर एल्डेरेट घुँडाको चोटका कारण खेल्ने नखेल्ने टुङ्गो छैन।

जर्मनीको सुरुआती ११ः

म्यानुएल नेउर, जोशुआ किमिच, जोनाथन ताह, एन्टोनियो रुडिगर, डेभिड रम, फेलिक्स नामेचा, एलेक्सान्डर पाभलोविक, लेरोय साने, जमाल मुसियाला, फ्लोरियन विर्ट्ज, काई हावर्ट्ज।

पाराग्वेको सुरुआती ११ः

ओर्लान्डो गिल, जुआन जोस कासेरेस, गुस्ताभो भेलाजक्वेज, गुस्ताभो गोमेज, ओमर एल्डरेटे, अलेक्जान्ड्रो मैडाना, मिगुएल अल्मिरोन, एन्ड्रेस क्युबास, माटिएस गालाज्रा, एन्टोनियो सानाब्रिया, जुलियो एन्सिसो।

प्रकाशित: १५ असार २०८३ १७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App