१८ माघ २०८२ आइतबार
image/svg+xml
समाज

भरत थापालाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश

सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरतबहादुर थापालाई धरौटीमा छाड्न सर्लाही जिल्ला अदालतले आदेश दिएको छ।

न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले अवैध रुपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी बन ऐनको उल्लंघन गरेको अभियोग लागेका थापालाई अदालतले ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको हो।

४७ लाख घन मिटरभन्दा बढी वन पैदावार हानि नोक्सानी गरेको अभियोग लागेका थापामाथि वन ऐनअनुसार १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसा बिगो दाबी गरिएको थियो ।

बागमती नगरपालिकाका निलम्बित नगर प्रमुख भरत थापा, उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीमाथि मुद्दा दाएर भएको थियो।

   

प्रकाशित: २ असार २०८२ १४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App