२० माघ २०८२ मंगलबार
image/svg+xml
समाज

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्-श्रीमतीको मृत्यु

मोरङ सुन्दरहरैँचाको एउटा खोलामा शनिबार बिहान करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।

सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी श्रीमती ५२ वर्षीया फूलमाया लिम्बूको करेन्ट लागेर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चुँडालले जानकारी दिइन्।

सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत् प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी चुँडालले बताइन्।

उनका अनुसार लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट सिधै ‘हुक’ गरेर खोलामा करेन्ट प्रवाह गर्दा अचानक करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर घटनाको थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०८२ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App