३२ असार २०८२ बुधबार
image/svg+xml
समाज

तीनकुने घटनाका प्रतिवादी दूर्गा प्रसाईलाई उपचारको व्यवस्थासहित थुनामा पठाउने आदेश

काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको घटनाका प्रतिवादी दूर्गा प्रसाईलाई क्यान्सर अस्पतालमा उपचार गर्ने व्यवस्थासहित थुनामै राख्ने आदेश आएको छ।

जिल्ला न्यायाधीश ध्रुवराज कार्कीको इजलासले यस्तो आदेश दिएको हो। राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको कसुरका प्रतिवादीहरूलाई राति अबेरसम्म अदालतमै राखेर सो आदेश दिएको हो।

यो आदेशपछि दूर्गा प्रसाई पुर्पपक्षका लागि थुनामा गएका छन्। बिहीबार राति साढे ११ बजेसम्म आदेश नआएपछि प्रसाईका समर्थकहरूले प्रधानमन्त्री केपी ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका थिए। अदालत परिसरमा उपस्थित प्रहरी प्रशासनले माइकमार्फत संयमित रहन आग्रह गरेको थियो।  

२० जेठदेखि निरन्तर थुनछेक बहस भइरहेको बहस बिहीबार सकिएको थियो। तीनकुने घटनाका विषयमा ११ जेठमा सरकारी वकिल कार्यालयले ६१ जनाविरुद्ध मुद्दा दायर भएको थियो। प्रतिवादीमध्ये ३९ जना हिरासतमा छन्। ११ जनालाई आपराधिक उपद्रवको मात्रै मुद्दा लगाइएकोमा उनीहरू धरौटी बुझाएर रिहा भइसकेका छन्।

प्रकाशित: ३० जेष्ठ २०८२ ०६:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App