तनहुँमा करेन्ट लागेर एक छात्राको मृत्यु भएको छ।
घिरिङ गाउँपालिका–४ गड्यौलीटार स्थित रुखमा घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा छोइँदा सोही स्थान निवासी १५ वर्षीया निर्मला कुमालको मृत्यु भएको हो।
प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार कुमाल महेन्द्रज्योति माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत थिइन्।
हाइटेन्सन लाइनमा छोइँदा सख्त घाइते भएकी उनलाई बेलचौतरास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए।
प्रकाशित: २७ जेष्ठ २०८२ १५:४९ मंगलबार