१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

६० किलो सुन तस्करी प्रकरणः जीवन चलाउनेसहित फरार प्रतिवादीलाई हाजिर हुन अदालतको सूचना

काठमाडौं जिल्ला अदालतले जीवन चलाउनेसहित ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेका १९ जना प्रतिवादीलाई ३५ दिनभित्र हाजिर हुन आउन सूचना जारी गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० सालको भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

सीआईबीले आफ्नो अनुसन्धानमा उनीहरु अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फर्छ्यौट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा संलग्न रहेको निष्कर्षसहित मुद्दा दायर गरेको थियो ।

सीबीआईले नै २०८१ असार १८ गते दोस्रो चरणको अनुसन्धान पूरा भएको भन्दै ४६ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमै मुद्दा दायर गरेको थियो।

मुद्दा दायर भएको र पक्राउ पूर्जी जारी भएको लामो समयसम्म पनि ४६ मध्ये फरार रहेका १९ जना अझै सम्पर्कमा नआएको भन्दै अदालतले सोमबार एक सूचना निकालेर ३५ दिनभित्र अदालतमा आउन भनेको हो । १९ मध्ये ६ जना चिनियाँ नागरिक छन्।

२०८० साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शुमा ६० किलो ७१६ ग्राम सुन रहेको प्रमाणित भएको थियो ।

प्रकाशित: २६ जेष्ठ २०८२ १३:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App