सामाजिक अभियन्ता महावीर पुनले नेपालमा भ्रष्टाचारप्रति शून्य सहनशीलता भएको र जनताको लागि मरिमेट्ने प्रधानमन्त्रीको अभाव रहेको भन्दै प्रश्न उठाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, ‘अहिलेसम्म यस्तो प्रधानमन्त्री नेपालमा जन्मेका छैनन् (१) भ्रष्टाचारप्रति शून्य सहनशीलता भएको (२) भौतिक स्वार्थको लागि चाकरी गर्ने लोभी तथा पापीहरूलाई टाढैबाट पहिचान गर्न सक्ने क्षमता भएको (३) जनताको रगत चुस्ने पापी राक्षसहरूबाट टाढै बस्न सक्ने साहस भएको (४) चाकरीबाजहरूको लागि होइन कि जनताको लागि मरिमेट्ने प्रधानमन्त्री–कोही थियो वा छ त्यस्तो मुर्ख प्रधानमन्त्री ??’
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन समय समयमा विभिन्न सामाजिक विषयमा बोल्दै आएका छन्।

प्रकाशित: २६ जेष्ठ २०८२ १३:२८ सोमबार





