१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

नेपाली सेनाका २९ सय बढी सैनिक दीक्षित

नेपाली सेनाले सञ्चालन गरेको १९ वटा तालिम केन्द्रबाट दुई हजार नौ सय ५१ सैनिक दीक्षित भएका छन्। सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार विभिन्न तालिम केन्द्र र युनिटमा सञ्चालित ९ महिने सैन्य आधार तालिम पूरा गरेर शुक्रबार उनीहरू दीक्षित भएका हुन्।

तालिम समापनका अवसरमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा सैनिक जवानहरूले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए। तालिममा दुई हजार पाँच सय ६४ पुरुष र तीन सय ८७ महिला सैनिक दीक्षित भएको निर्देशनालयले जनाएको छ।

दलेल कवाज कार्यक्रममा त्रिशूलीस्थित नं. १ सैन्य तालिम केन्द्रमा बलाधिकृत रथी निर्मल कुमार थापा, सैनामैनास्थित नं. २ सैन्य तालिम केन्द्रमा सैनिक तालिम महानिर्देशक ध्रुव प्रकाश शाहलगायत विभिन्न पृतना, बाहिनी र गणरगुल्ममा सम्बन्धित पृतनापति र बाहिनीपतिले कवाज निरीक्षण गरेका थिए। उनीहरूले उत्कृष्ट शिक्षार्थीलाई पुरस्कार पनि प्रदान गरेका छन्। 

प्रकाशित: २३ जेष्ठ २०८२ १८:२९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App