देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका कारण सुरु गरिएको पोखराबाट चितवन र काठमाडौं जाने पर्यटक गाडीलाई आज पनि स्कर्टिङ गरिएको छ। कुल २० पर्यटक गाडीमध्ये १७ वटा काठमाडौं र ३ वटा चितवनतर्फ गएका छन्।
साथै, मुक्तिनाथ दर्शन गरेर फर्केका तीर्थयात्री बोकेको एउटा इलेक्ट्रिक भ्यानलाई पनि स्कर्टिङमार्फत काठमाडौंतर्फ ल्याइएको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले स्कर्टिङ गरेको हो।
यी सवारीसाधनमा ६०० भन्दा बढी यात्रु रहेका छन्। थापाले यात्रुको सुरक्षा पहिलो प्राथमिकता भएको उल्लेख गरेका छन्। यो स्कर्टिङले पर्यटक र तीर्थयात्रीको सुरक्षित यात्रालाई सुनिश्चित गरेको स्थानीय प्रशासनले जनाएको छ।
प्रकाशित: २० जेष्ठ २०८२ १०:२६ मंगलबार





