सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १७ कटानीमा आज बिहान मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ।
बागमती सिँचाइ आयोजनाले बनाएको नहरको पुलमा बिहान ३ बजे भएको दुर्घटनामा मलंगवा नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय घनश्याम रायको मृत्यु भएको हो।
कटानीबाट परोरिया टोलतर्फ जाँदै गरेको ना. ४६ प २८२० नम्बरको मोटरसाइकल अनियन्त्रित भई घुमाउरो स्थानमा रहेको नहरको पुलमा ठोक्किएर दुर्घटना भएको थियो। मोटरसाइकल करिब तीन मिटर तल खसेको थियो। दुर्घटनामा रायको टाउको, निधार र दुवै आँखामा गहिरो चोट लागेको थियो।
उनलाई भेनस अस्पताल बरहथवामा प्राथमिक उपचारपछि थप उपचारका लागि एल।एस। न्यूरो अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ।
प्रकाशित: २० जेष्ठ २०८२ १०:१५ मंगलबार





