११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

अछाममा जङ्गली च्याउ खाँदा तीन बालबालिका बिरामी

 अछाममा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन्।

आफ्नो घर नजिकै रहेको जङ्गलमा खेल्ने क्रममा सोमबार विषालु च्याउ खाएपछि रामारोशन गाउँपालिका–७ सुतार निवासी तारा भण्डारीका दुई वर्षीय छोरा युवराज भण्डारी, चार वर्षीया छोरी रितिका भण्डारी र सोही ठाउँका चेतमान भण्डारीका चार वर्षीय छोरा जीवन भण्डारी बिरामी परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले तिनै जनाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको बताए।

प्रकाशित: १९ जेष्ठ २०८२ १९:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App