१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

सुनसरीमा बाढीपहिरोले ४० घरमा क्षति, खानेपानीको पाइप समेत बगायो

शनिबार परेको अविरल वर्षाले सुनसरीका विभिन्न स्थानका ४० घरमा क्षति पुगेको छ।

पहिरोले धरान उपमहानगरपालिका-१३ स्थित तुला लिम्बुको घर भत्काइदिएको छ। पहिरोले घर भत्काइदिएपछि लिम्बुको परिवार पूर्ण रूपमा विस्थापित भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाले बताएका छन्।

ईनरुवा नगरपालिका-३ भद्री टोलमा रहेको कुरुवा खोलामा आएको बाढीले २५ घरमा क्षति पुर्याएको उनले बताए। बाढीले क्षति पुर्याएको स्थानमा प्रहरी परिचालन गरी बाढीबाट सर्वसाधारणलाई सुरक्षित स्थानमा राखिएको डिएसपी खतिवडाले बताए। चतरादेखि बराहक्षेत्र मन्दिर जाने सडकमा पहिरो गएर यातायातका साधन सञ्चालनमा अवरोध पुगेको पनि उनले बताए।  

वर्षाका कारण धरान-६ पानबारीस्थित शेरा सूचना बस्तीमा शेरा खोलाको बाढी पसेर आधा दर्जन घरमा क्षति पुगेको छ। यस्तै धरानका सेउती र सर्धु खोलामा आएको बाढीले दर्जनौं घरमा क्षति पुर्याएको छ। बाढीले धरानका १४ घरमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकास जबेगुले बताए। उनले बाढीले खानेपानीको पाइप समेत बगाएको बताए।

प्रकाशित: १७ जेष्ठ २०८२ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App