१२ माघ २०८२ सोमबार
image/svg+xml
समाज

उपचार गर्न आएका एक बिरामी मृत भेटिए

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गर्न आएका एक बिरामी मृत भेटिएका छन्।

बिहीबार दिउँसो तीन बजे अस्पताल अगाडि रहेको मालामदन गेष्ट हाउसमा बर्दियाका अन्दाजी ४० वर्षीय मिलन चौधरी मृत भेटिएका हुन्।  

क्यान्सर अस्पतालमा उपचार गर्न आएका उनी सो गेष्ट हाउसमा केही दिनदेखि बस्दै आएका थिए। चौधरी केही दिनदेखि सुत्दै आएको कोठमा नै मृत फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता रवीन्द्र खनालले जानकारी दिए।

उनी क्यान्सरका बिरामी थिए। मृतक चौधरीको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ।

प्रकाशित: १४ जेष्ठ २०८२ २०:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App