१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

विषाक्त च्याउ खाएका तीनै जनाको मृत्यु

विषाक्त च्याउ खाएर बिरामी परेका इलाम माङसेबुङको एकै वडाका तीन जनाको ज्यान गएको छ । 

माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो । 

बिर्तामोडस्थित बिएनसी अस्पतालका सूचना अधिकारी डा.अनुपम घिमिरेका अनुसार चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए । मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै मृत्यु भएको थियो । लावतीको आज बिएनसी अस्पतालमा मृत्यु भएको हो । 

उनीहरुले ६ दिनअघि उक्त च्याउ खाएका थिए । 

प्रकाशित: ११ जेष्ठ २०८२ १६:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App