हेटौँडा-काठमाडौं जोड्ने कान्ति लोकपथ सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ। कान्ति लोकपथको बाग्मती पुल खण्डको बाटो मर्मत गरेर पूर्ण रूपमा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मकवानपुरको भीमफेदी गाउँपालिका–८ र ललितपुरको बागमती गाउँपालिका–२ जोड्ने बागमती पुलको साइडमा भरिएको ग्राभेल माटो वर्षासँगै आएको बाढीले बढाएपछि गए रातिदेखि कान्तिलोकपथ सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।
प्रकाशित: १० जेष्ठ २०८२ ०९:०२ शनिबार





