१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बैतडीमा भूकम्प, पूर्ण विवरण आउन बाँकी

बैतडी सदरमुकाम भएर भूकम्प भएको छ। सुर्खेतिस्थित भूकम्प मापन केन्द्रका प्रमुख चिन्तन तिमल्सिनाका अनुसार सदरमुकाम खलङ्गा केन्द्रबिन्दु भएर आज बिहान १ः४८ बजे पाँच दशमलव एक र २ः०० बजे तीन दशमलव सात रेक्टर स्केलको भूकम्प भएको हो।

लगातार दुईपटक कम्पन भएपछि यहाँका स्थानीय घर बाहिर निस्केका थिए। भूकम्पको धक्का दार्चुला, बझाङ, डडेल्धुरामा धक्का महसुस गरिएको केन्द्रका प्रमुख तिमल्सिनाले बताए। भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त हुन बाँकी छ।

प्रकाशित: ९ जेष्ठ २०८२ ०६:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App