१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

काठमाडौंमा साकेला उभौलीको रौनक (तस्बिरहरू)

तस्बिर: दिपेश दर्शनधारी/नागरिक

काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका किरात समुदाय (राई, सुनुवार, लिम्बू र याख्खा) ले शनिबार टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गरी साकेला उभौली पर्व सामूहिक रूपमा मनाएका छन्।

किरात समुदायले वैशाख शुक्ल पूर्णिमामा उभौली र मंसिर शुक्ल पूर्णिमामा उधौली पर्व मनाउने गर्दछन्। यस वर्ष वैशाख २९ गते वैशाख शुक्ल पूर्णिमाका दिन उभौली पर्व परे पनि काठमाडौंमा भने शनिबार टुँडिखेलमा विशेष उत्सवका साथ साकेला उभौली मनाइएको हो।

उक्त अवसरमा किरात समुदायका सदस्यहरू मौलिक बाजा ढोल र झ्याम्टाको तालमा प्रकृतिमा रहेका विभिन्न चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै सामूहिक नृत्य (साकेला) मा रमाएका थिए। उनीहरूले आपसमा शुभकामना आदानप्रदान गर्दै खुसियाली साटेका थिए।

हेराैं तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक

प्रकाशित: ३ जेष्ठ २०८२ १८:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App