३ असार २०८२ मंगलबार
image/svg+xml
समाज

लुम्बिनी प्रज्ञा प्रतिष्ठान गठन प्रक्रिया सुरु

लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि प्रदेश सरकारले प्रक्रिया अगाडि बढाएको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान स्थापना र सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्न स्वीकृति दिएपछि गठनको कानुनी प्रक्रिया सुरु भएको छ। 

उद्योग, पर्यटन र यातायात मन्त्रालयले यो विधेयक प्रदेशसभामा पेश गर्नेछ। मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठानको स्थापना र सञ्चालनसम्बन्धी विधेयक प्रदेशसभामा पेश गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ। अब यो विधेयक प्रदेशसभामा पेश हुन्छ र प्रतिष्ठान स्थापना र गठनको कानुनी प्रक्रिया अगाडि बढ्छ।’

प्रदेशसभामा पेश भएपछि विधेयक पारित हुनुपर्छ। पारित विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुखसमक्ष पुग्नेछ। प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि ऐन बन्नेछ। ऐन बनेपछि सरकारलाई प्रतिष्ठान स्थापना र सञ्चालनको बाटो खुल्नेछ।  

भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला र सङ्गीतको संरक्षण, सम्वर्धन र विकास गर्ने लक्ष्यसहित प्रतिष्ठान स्थापना गर्न लागिएको मन्त्री न्यौपानेले बताए। उनले भने, ‘भाषा, साहित्य, लोकसाहित्य, संस्कृति, ललितकला, नाट्यकला र सङ्गीतको संरक्षण, सम्वर्धन र विकास गर्ने लक्ष्य प्रदेश सरकारको छ। यो लक्ष्य पूरा गर्न प्रज्ञा प्रतिष्ठान स्थापना गर्न लागिएको हो।’

प्रकाशित: ३ जेष्ठ २०८२ १२:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App