६ असार २०८२ शुक्रबार
image/svg+xml
समाज

मदन-आश्रित स्मृति दिवसमा ४२ बिरामीलाई फलफूल वितरण

३२औँ मदन-आश्रित स्मृति दिवसमा मदन भण्डारी स्मृति प्रतिष्ठान ताप्लेजुङले शनिबार ताप्लेजुङ जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको छ। 

बिरामीको छिटो स्वास्थ्य लाभको कामना गर्दै अस्पतालमा भर्ना भएका बिरामी र कुरुवा गरी ४२ जनालाई फलफूल दिइएको प्रतिष्ठानका अध्यक्ष सन्तोष चाम्लिङले बताए। उनी एमाले ताप्लेजुङका सचिव पनि हुन्।

ताप्लेजुङ जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामा, एमालेका कोशी प्रदेश समिति र जिल्ला नेताहरू, मदन भण्डारी स्मृति प्रतिष्ठानका पदाधिकारी र सदस्यहरूको उपस्थितिमा फलफूल वितरण गरिएको प्रतिष्ठानले जनाएको छ।

वि.सं. २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा भएको सवारी दुर्घटनामा नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो।

प्रकाशित: ३ जेष्ठ २०८२ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App