१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

करेन्ट लागेर रतुवामाईमा दुई महिलाको मृत्यु, एक घाइते

मोरङको रतुवामाईमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ। मंगलबार राति रतुवामाई नगरपालिका–३, मिर्चा डाँगी टोलमा विवाहको नाचगानका क्रममा ७० वर्षीया रामुदेवी गनगाई र ७३ वर्षीया सूर्यदेवी गनगाईको मृत्यु भएको हो।

प्रहरीका अनुसार स्थानीय मंगललाल सिंहका छोरा नीरजकुमारको विवाहमा नाचगान चलिरहँदा तीन जनालाई करेन्ट लागेको थियो। तीमध्ये दुई जनाको मृत्यु भएको छ। स्थानीय ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन्। 

उनको रंगेली अस्पतालमा उपचार गरिएको मोरङका डिएसपी वेदप्रकाश जोशीले बताए। उनले भने, ‘विवाहको माइक हावाले ढालेर हाइटेन्सन लाइनमा ठोक्किँदा करेन्ट प्रवाह भई तीन जना घाइते भएका थिए।’ 

प्रकाशित: ३१ वैशाख २०८२ ०९:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App