२० पुस २०८२ आइतबार
image/svg+xml
समाज

मुग्लिन-नारायणगढ सडकखण्ड एकतर्फी सञ्चालन

मुग्लिन–नारायणगढ सडकखण्डमा कोइला बोकेको ट्रक पल्टिँदा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको चितवन प्रहरीले जानकारी दिएको छ। त्यहाँको इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोला नजिक कोइला बोकेको ट्रक अनियन्त्रित भई पल्टिँदा दुईतर्फी सडक अवरुद्ध भएको थियो।  

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्जबाट कोइला बोकेर काठमाडौँतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ख ९८१७ नम्बरको ट्रक आज बिहान ७ बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो।  

हाल साना सवारीसाधनका लागि सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ। पल्टिएको ट्रकलाई साइड लगाउने कार्य भइरहेको छ। प्रहरीका अनुसार सडक दुईतर्फी सञ्चालनमा ल्याउन केही समय लाग्ने छ।

प्रकाशित: २८ वैशाख २०८२ १०:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App