१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कुन 'राजाहरू'ले देश कङ्गाल बनाए प्रमज्यू?

राम्रा मान्छे कसैलाई दोष दिँदैनन्, आफ्नो सुकर्मले समाजलाई अगाडि बढाउँछन्। कोही आफ्नो असफलता लुकाउन अरूलाई दोष देखाउँछन्।  

प्रधानमन्त्री केपी शर्मा ओलीले राजाहरूले देशलाई कङ्गाल बनाएको आरोप लगाएका छन्। शनिबार काठमाडौंमा दोस्रो राष्ट्रिय वन सम्वर्द्धन गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।  

ओलीको यी भनाइलाई लिएर सामाजिक सञ्जालमा प्रतिक्रिया आएको छ। ‘पुराना राजाले कि नयाँ राजाले,’ सामाजिक सञ्जालमा अनन्त दाहाल लेख्छन्, ‘अरूलाई दोष देखाएर बस्नुभन्दा राम्रा काम गरे नि हुने नि।’

प्रधानमन्त्री ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै देशलाई आजको जमानासम्म गरिबी बनाएर राख्नेहरूले हामी आउँछौँ, साथ देऊ भनिरहेको देख्दा अचम्म लागेको  बताएका थिए। उनले देश कङ्गाल बनाउने काम राजाहरूले गरेको आरोप लगाए। ‘हो पहिलाको राजाले राम्रो काम गरेनन्,’ सुमन लामा लेख्छन्, ‘तर तपाईँहरूले पनि त यत्रो समय पाउँदा के गर्नु भयो?’

ओलीले अहिले ३० वर्षमै देश कोल्टे फेर्ने गरी विकास भएको बताए। देशलाई विकसित, बस्न लायकको बनाउनुपर्ने बताए। ‘अहिले यत्रो विकास, यो ३० वर्षमा यति विकास गरेको छ। तथ्याङ्क, आँकडाले बताउँछ,’ उनले भने, ‘देशलाई बस्न लायकको बनाउनुपर्छ, वातावरणीय हिसाबले हेर्नुस्, हिमाल, पहाड छन्, यस्तो स्वच्छ, पवित्र छ। यो त देवभूमि हो। यस्तो ठाउँ, अक्सिजन नै अक्सिजन भएको ठाउँ छ।’

उनको यो दाबी सही भए पनि किन नेपाली नेपाल छाडेर विदेश गएको भन्ने प्रश्न राखे। ‘दैनिक २ हजारभन्दा बढी नेपाली बाहिरिएका छन् प्रमज्यू,’ कमल अवाल लेख्छन्, ‘नेपाली नेपालमै राख्न तपाईँले के गर्नु भयो?’

प्रकाशित: २८ वैशाख २०८२ ०९:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App