७ असार २०८२ शनिबार
image/svg+xml
समाज

स्थलगत रिपोर्टिङ : प्रिसाको शंकास्पद मृत्युबारे कलेज प्रशासन मौन

भारतको ओडिसा भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको मृत्युबारे प्रशासन मौन देखिएको छ । प्रिसाको शंकास्पद मृत्यु रहस्यमयी बन्दै गएका बेला कलेज प्रशासनले औपचारिक धारणा सार्वजनिक गर्न चाहेको छैन । 

बुधबार दिउँसो नागरिकसँगको भेटमा कलेज प्रशासनले तत्काल कुनै पनि धारणा सार्वजनिक चाहेन । ‘अहिले हामी यो विषयमा केही बोल्न र वा औपचारिक धारणा राख्ने अवस्थामा छैनौ’, किट कजेलकी प्रमुख जनसम्पर्क अधिकृत श्रद्धान्जली नायकले भनिन् । उनले प्रिसाको मृत्युबारे कलेज प्रशासनबाट अहिले कुनै पनि धारणा मिडियामा ल्याउनु आवश्यक नभएको पनि बताइन् । साह प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएकी थिइन् ।

प्रिसा एक वर्ष अगाडि मात्रै अध्ययनका लागि किटमा गएकी थिइन् । उनी प्रथम वर्षको परीक्षा दिनका लागि विश्वविद्यालयको होस्टेलमै बस्दै आएको कलेज प्रशासनले जनाएको छ । कलेज प्रशासनले दिएको जानकारी अनुसार अघिल्लो सेमेष्टरमा उनले ८० प्रतिशत बढी नम्बर ल्याएकी थिइन् । 

प्रिसाको मृत्युको कारण अहिलेसम्म खुलेको छैन । उनको शवको पोष्टमार्टमको रिपोर्टसमेत आइसकेको छ । परिवारका सदस्यहरु भुवनेश्वर पुगेर प्रहरीमा सत्यतथ्य पत्ता लगाउन निवेदन दिएर फर्किएका छन् ।

प्रिसाका परिवारका सदस्यहरुले भारतीय प्रहरीलाई केही नबताई अनुसन्धान मात्रै गरिदिनु भनेर प्रिसाको मृत्यु प्रमाणपत्र लिएर मंगलबार नेपाल फर्केका थिए । मृत्युको तथ्यजाँचका लागि गरिएको पोष्टमार्टम रिपोर्टमा कुनै कारण खुल्न नसकेपछि अनुसन्धान त्यहाँभन्दा अघि बढेको छैन् ।

उडिसाको भुवनेश्वरस्थित पुलिस कमिस्नार कार्यालयका प्रमुख डा.सुरेशदेवदत्त सिंहका अनुसार ल्यापटप र मोबाइलको फरेन्सिक रिपोर्ट नआइकन जाँचपड्ताल अघि बढ्दैन । ‘पोष्टमार्टम रिपोर्ट आएको छ, त्यो रिपोर्टमा ‘फल प्ले’ छैन ल्यापटप र मोबाइलको फरेन्सिक ल्याब रिपोर्ट आउन बाँकी छ त्यसपछि शंकास्पद देखिए थप जाचपड्ताल हुनेछ’,उडिसास्थित पुलिस कमिस्नार सिंहले भने ।  

परिवारका सदस्यहरुले घटनाको उचित अनुसन्धान गरी न्याय गरिदिनुस भनेका थिए । प्रिसाका बुबा श्यामलाल साह कलवारले कोहीसँग पनि शंका नलागेको बयान दिएका थिए ।  कलवारले मृत्यु प्रमाणपत्र लिएर नेपाल फर्केका थिए ।  

किट कलेजकै विद्यार्थीहरुका अनुसार कलेजले प्रहरी प्रशासनलाई छानवनि गरिदिन आग्रह गरेको थियो । प्रिसाको अन्त्यष्टिमा समेत कलेज प्रशासनले सहयोग गरेको थियो । प्रिसाको मृत्युपछि विद्यार्थीहरुलाई ‘काउन्सिलिङ’ गरिरहेको छ । नागरिकको सम्पर्कमा आएका ती विद्यार्थीकाअनुसार अहिले नेपाली विद्यार्थीहरुलाई कलेजको इन्टरनेशनल रिलेशन अफिसर (आइआरओ)ले काउन्सिलिङ गरिरहेको छ । प्रिसासँगै रहेका सिनियर दुुईजना भारतीय विद्यार्थी ‘रुम मेड’थिए । उनीहरु घरबाट आएपछि बयान लिने प्रहरीले जनाएको छ । 

अहिले कलेजमा विभिन्न सेमेष्टरमा परीक्षा चलेको छ । गत बिहीबार उनले कलेजमा ईडी विषयको ‘भाइबा’ दिनुुपर्ने थियो । तर उनी सहभागी भइनन् । भाइबामा नआएको र साँझ रोलक्रममा चेकजाँचमा नदेखिएपछि उनको खोजी भएको थियो । उनी बिटेक प्रथम वर्षमा अध्ययन गर्थिन् । 

प्रकाशित: २४ वैशाख २०८२ १७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App