१६ माघ २०८२ शुक्रबार
image/svg+xml
समाज

बसको ठक्करबाट एक युवकको मृत्यु, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुमस्थित सौरीमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मोटरसाइकलमै सवार अर्का गम्भीर घाइते भएका छन् । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भे ९ प ६४२८ नम्बरको मोटरसाइकललाई सोही दिसातर्फ गइरहेको वा १-०६ख ३५९३ नम्बरको बसले बुधबार बिहान साढे ११ बजेतिर ठक्कर दिँदा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ९ ढकेरी निवासी अन्दाजी ३३ वर्षका सुदिप सुवेदीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख, प्रहरी नायव उपरीक्षक९डिएसपी० लक्ष्मी खनालले जानकारी दिइन ।

दुर्घटनामा परी ढकेरीकै अन्दाजी ३५ वर्षका हिरासिंह ओली घाइते भएको उनले बताइन । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । प्रहरीले ठक्कर दिने बस र चालक शिव परियारलाई नियन्त्रणमा लिएको जनाएको छ ।

दुर्घटनापछि स्थानीयले बासिन्दाले पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। दुर्घटना स्थल नेपालगन्जबाट करिब ७२ किलोमिटर पूर्वमा पर्दछ । अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित: २४ वैशाख २०८२ १७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App