१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

कफी पिउने उचित समय कुन?

यस्ताे पनि!

कसैलाई बिहान उठ्नेबित्तिकै कफी चाहिन्छ। कोही खानापछि कफी पिउन रुचि राख्छन्। कसैलाई भने खाना खानु ठीकअघि कफी पिउँदा आनन्द लाग्छ।

उसो भए कफी पिउने सही समय के हो त? विज्ञहरू भन्छन्, ‘खानापछि तुरुन्तै कफी पिउनु हानिकारक हुनसक्छ। यसले भोजनका पोषकतत्त्वहरूलाई शरीरमा अवशोषित गर्न बाधा पुर्‍याउन सक्छ।

कफीमा एक हजार केमिकल काउन्डहरू हुन्छन्। तीमध्ये केही त हामीलाई पनि थाहा भएकै कुरा हो। क्याफिन, पोलिफेनल र टेनिनजस्ता केही केमिकल कम्पाउण्डले पोषक तत्त्वहरूलाई शरीरमा अवशोषित हुने प्रक्रियालाई बाधा पार्ने गरेको वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

त्यसो त केही वैज्ञानिकहरूले भने कफी र पोषक तत्त्व अवशोषितको यो प्रक्रियाका बीच केही व्यक्तिहरूमा ज्यादै कम असर पर्ने गरेको छ। यो असर यति कम हुन्छ कि शरीरलाई केही कमी महसुस पनि हुँदैन।

बिबिसी ब्राजिलकाअनुसार, पोषक तत्त्व यस्ता पदार्थ हुन्, जुन हाम्रो खानपिनका सामग्रीहरूमा पाइन्छन् र शरीरका लागि महत्त्वपूर्ण काममा ती पोषक तत्त्वले निकै राम्रो भूमिका खेल्छन्। हामी स्वस्थ हुनुमा विभिन्न किसिमका पोषक तत्त्व चाहिन्छ।

युनिभर्सिटी कलेज लण्डनका न्यूट्रिसन साइन्स विज्ञ एलेक्स रुआनी भन्छन्, ‘कफीले पोषक तत्त्व शोषण गर्ने प्रक्रिया पूरै बन्द हुने त होइन तर केही कम हुन भने सक्छ।’

कुनै पनि व्यक्तिमा पोषक तत्त्व पर्याप्त छ भने खाना लगत्तै खाइने कफीले अवरोध गर्ने यी पोषक तत्त्वले खासै फरक पार्दैन। यस्तो असर कफीको कडापन, पोषक तत्त्वहरूको मात्रा, कुनै व्यक्तिको उमेर, उसको पाचन शक्ति, स्वास्थ्यको अवस्था र जेनेटिकजस्ता कुरामा निर्भर हुने गर्छ।

कुनै व्यक्तिको शरीरमा पोषक तत्त्वको स्तर पर्याप्त छ भने कफीका कारण कुनै फरक पर्दैन। अब यी क्लिष्ट कुराहरूको जानकारी नहुँदाका अवस्थामा भने खानालगत्तै खाइने कफीमा भने पर्याप्त ध्यान दिनु आवश्यक हुन्छ भनी बीबीसीले जनाएको छ।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २१ वैशाख २०८२ ०९:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App