१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

केआईआईटीमा नेपाली छात्रा मृत्यु प्रकरण : परराष्ट्रले थाल्यो छानबिनका लागि कूटनीतिक पहल

भारतको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेकी छिन्। प्रिसा मृत फेला परेको खबर पाएपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन्। 

उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा बिहीबार साँझ आफ्नै कलेज होस्टलको कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्। उनी बी.टेक साइन्सकी विद्यार्थी थिइन्।

यसबारे प्रिसाका आमाबाबुलाई पनि जानकारी गराइएको छ। उनीहरू वीरगन्जबाट आज भुवनेश्वर पुग्दै छन्। यसपछि मात्र पोस्टमार्टम गरिने छ।

यसअघि गत ४ फागुनमा सोही विश्वविद्यालयमा अध्ययनरत २० वर्षीय नेपाली विद्यार्थी प्रकृति लम्साल पनि होस्टलमा मृत फेला परेकी थिइन्।

 

यो पनि पढ्नुहोस्

किट विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थीको पनि झुण्डिएको अवस्थामा शव फेला, आमाबुबा आज जाँदै

 

 

यो पनि पढ्नुहोस्

किट विश्वविद्यालयमा अर्की नेपाली विद्यार्थी पनि मृत फेला

 

प्रकाशित: १९ वैशाख २०८२ ०७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App