किङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत अर्की एक नेपाली छात्रा पनि मृत अवस्थामा फेला परेकी छिन्।
भुवनेश्वर-कटक प्रहरी आयुक्त एस. देव दत्ता सिंहका अनुसार उक्त छात्राको शव विश्वविद्यालयकै छात्रावासको कोठामा फेला परेको हो।
घटनाको सूचना पाउनेबित्तिकै इन्फोसिटी प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरू गरेको उनले जनाए।
हालसम्म मृतक छात्राको परिचय सार्वजनिक गरिएको छैन भने विश्वविद्यालय प्रशासनले पनि यस सम्बन्धमा कुनै आधिकारिक विज्ञप्ति जारी गरेको छैन।
प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। प्रारम्भिक अनुमानमा आत्महत्या गरिएको आशंका गरिएको भए पनि यकिन प्रमाण र पोस्टमार्टम रिपोर्ट नआएसम्म केही भन्न नसकिने प्रहरीले जनाएको छ।
यही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन्।
-भारतिय सञ्चारमाध्यम ओडिया टिभीको सहयोगमा
प्रकाशित: १८ वैशाख २०८२ २२:१३ बिहीबार





