सरकार र आन्दोलनरत शिक्षक महासंघबीच भएको ९ बुँदे सहमतिसँगै शिक्षक तथा कर्मचारीले स्वास्थ्य उपचारमा छुट पाउने भएका छन्।
मन्त्रिपरिषद्ले बुधबार साँझ स्वीकृत गरेको सहमतिमा निजामती अस्पतालमार्फत शिक्षक–कर्मचारीलाई उपचारमा छुट दिने व्यवस्था समावेश छ।
शिक्षा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्री रघुजी पन्तले सहमति कार्यान्वयनका लागि सरकारलाई ८ अर्ब रुपैयाँ थप दायित्व पर्ने बताए।
शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सहमतिपछि बिहीबारदेखि सडक आन्दोलन स्थगित हुने जानकारी दिए।
मन्त्रिपरिषद्ले सहमति अनुमोदन गरेसँगै विगत २९ दिनदेखि काठमाडौंमा जारी शिक्षक आन्दोलन समाप्त भएको छ।
प्रकाशित: १७ वैशाख २०८२ २०:५९ बुधबार


-600x400.jpg)


