१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

पक्राउ परेको ४ घण्टापछि रिहा हुँदै रेशम

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टापछि रिहा हुने भएका छन्।

सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा बुधबार कमलादीबाट पक्राउ परेका चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार पठाएको थियो। तर सर्वोच्चको पछिल्लो निर्देशनले उनलाई रिहा गर्न भनेको छ।

सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले जारी गरेको उक्त पत्र कुनै न्यायिक आदेशबिना लेखिएको पुष्टि भएपछि सर्वोच्चले पत्र कार्यान्वयन नगर्न आदेश दिएको थियो।

यो प्रकरणले सर्वोच्चभित्रै हंगामा मच्चिएको छ भने विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित: १७ वैशाख २०८२ १७:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App