३ असार २०८३ बुधबार
image/svg+xml
समाज

लुलाङ-गुर्जा सडक : भालुखोरिया खण्डमा ट्रयाक खुल्यो

लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ। थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिनेछ। 

धवलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालका अनुसार लुलाङबाट देउराली–लत्रवाङ हुँदै भालुखोरियासम्म १६ किलोमिटर ट्रयाक निर्माण भएको छ। 

लुलाङ–गुर्जा सडकका लागि सङ्घीय, गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाले २–२ करोड रुपैयाँ बजेट विनियोजन गरेर ३ करोड ८० लाखमा ठेक्का सम्झौता भएको उनले राससलाई जानकारी दिए। 

आव २०७९/८० मा गाउँपालिका र गण्डकी प्रदेश सरकारको लगानीमा लमसुङबाट लुलाङ हुँदै ४ किलोमिटर ४०० मिटर सडक मार्ग निर्माण भएको थियो। रासस

प्रकाशित: १७ वैशाख २०८२ ०९:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App