पाणिनी गाउँपालिका–६ वडा कार्यालयले वडाका ४६ जना ज्येष्ठ नागरिकलाई तीर्थयात्रा गराएको छ।
वडाध्यक्ष कृष्णप्रसाद पौडेलका अनुसार उनीहरूलाई बागलुङ कालिका, म्याग्दीको तातोपानी कुण्ड र मुक्तिनाथको यात्रा गराइएको छ।
यात्रामा ९० वर्षीया गोमा पौडेललगायत ज्येष्ठ नागरिक सहभागी थिए। वडाले तीर्थयात्राको व्यवस्था गरेकोमा ७२ वर्षीय धाचाबहादुर रास्कोटीले आभार व्यक्त गरे।
चालु आर्थिक वर्षका लागि स्वीकृत कार्यक्रमअन्तर्गत ३ लाख रुपैयाँ खर्चेर तीर्थयात्रा गराइएको छ। यात्रामा ४६ जना ज्येष्ठ नागरिक, जनप्रतिनिधि र कर्मचारी गरी ६५ जना सहभागी थिए। रासस
प्रकाशित: १७ वैशाख २०८२ ०९:२५ बुधबार





