११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

आज विश्व ज्याज दिवस

आज विश्व ज्याज दिवस हो। विभिन्न वाद्ययन्त्रको मधुर धुनले भरिएको ज्याज सङ्गीत २०औँ शताब्दीको सुरुदेखि प्रचलित छ। पश्चिमी मुलुकमा यो सङ्गीत युवामाझ लोकप्रिय छ।  

सन् २०११ को नोभेम्बरमा युनेस्कोको महासभाले अप्रिल ३० लाई विश्व ज्याज दिवस घोषणा गरेअनुसार आज यो दिवस विश्वभर मनाइन्छ।  
यो दिवस अन्तरसांस्कृतिक संवाद, मानवअधिकार र मर्यादा, भेदभाव उन्मूलन, अभिव्यक्ति स्वतन्त्रता, लैङ्गिक समानता र सामाजिक परिवर्तनमा युवाको भूमिका बलियो बनाउन मनाइन्छ।  

विश्व ज्याज दिवसले समुदाय, विद्यालय, कलाकार, इतिहासकार, शिक्षाविद् र ज्याजप्रेमीलाई ज्याजको कला, उद्गम, भविष्य र प्रभावबारे जान्ने अवसर दिन्छ। साथै, यसले विश्व शान्ति र संस्कृति प्रवर्द्धनमा योगदान पुर्‍याउने युनेस्कोको विश्वास छ।  

युनेस्कोका अनुसार, ज्याजले एकता, आपसी समझदारी र सहिष्णुता बढाउँछ, सीमान्तकृत युवालाई सशक्त बनाउँछ र परम्परागत सङ्गीतलाई नयाँ रूपमा प्रस्तुत गर्न प्रोत्साहन गर्छ। रासस

प्रकाशित: १७ वैशाख २०८२ ०८:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App