सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हामफाल्दा एक बिरामीको मृत्यु भएको छ ।
सोही अस्पतालमा उपचाररत मिर्गौला पीडित कैलालीको गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंहले दिउँसो आत्महत्या गरेका हुन् । उनी सोमबार डायलाइसिस गराउन भर्ना भएका थिए ।
श्रीमतीसहित अस्पतालमा भर्ना भएका सिंह केही समयका लागि बाहिर जान भन्दै वार्डबाट निस्किएका थिए । तत्काल आकस्मिक कक्षमा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
प्रकाशित: १६ वैशाख २०८२ १५:५५ मंगलबार





