४ असार २०८३ बिहीबार
image/svg+xml
समाज

सशस्त्रको झण्डासहित पूर्वहवल्दार बोहोरा मिरापिक हिमाल पुगे

सशस्त्र प्रहरीका पूर्वहवल्दार अक्कल बहादुर बोहोराले बैशाख १५ गते ६ हजार ४ सय ७६ मिटर अग्लो मिरापिक हिमालको सफल आरोहण गरेका छन्। सगरमाथा आरोहणका क्रममा  उनले मिरापिक  हिमालको चुचुरोमा सशस्त्र प्रहरी बल, नेपालको झण्डा फहराएका हुन्।

बोहोरा गत चैत्र २८ गते संगठनको झण्डा लिई विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि त्यसतर्फ प्रस्थान गरेका थिए। 

सेवाबाट अलग भएपछि लामो समयदेखि स्पेनमा बस्दै आएका बोहोराले आफूलाई संगठनले धेरै माया गरेको तथा भविष्यको बाटो देखाउन सफल भएकोले संगठनको लागि केही गर्नुपर्छ भन्ने भावनाले नै संगठनको झण्डा बोकेर सगरमाथा आरोहरणमा जान लागेको सह प्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिएका छन्। 

प्रकाशित: १५ वैशाख २०८२ ११:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App