१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

‘नागरिक नायक’ नन्दादेवीलाई वन मन्त्रालयको सम्मान

नागरिक नायक नन्दादेवी कुँवरलाई वन मन्त्रालयले सम्मान गरेको छ। नेपाल रिपब्लिक मिडियाले ‘नागरिक नायक–२०८२’ सम्मान वन संरक्षण अभियन्ता कुँवरलाई शनिबार प्रदान गरेको थियो। सोही सम्मान पाएकी कुँवरलाई आइतबार वन मन्त्री ऐनबहादुर शाहीले मन्त्रालयमा दोसल्ला ओढाएर सम्मान गरेका हुन्।  

वन संरक्षणमा कुँवरको महत्त्वपूर्ण योगदानको कदर गर्दै मन्त्री शाहीले आगामी दिनमा मन्त्रालयले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। नेपाल रिपब्लिक मिडियाले राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट कुँवरलाई सम्मान प्रदान गरेको थियो। मन्त्री शाहीले वन संरक्षणमा निरन्तर सक्रिय रहन आग्रह गरे।

सम्मानित कुँवरले भनिन्, ‘मेरा लागि यो भन्दा ठूलो खुसीको क्षण केही छैन।’ उनले नागरिक नायक र मन्त्रालयको सम्मान मनैदेखि प्राप्त भएको बताइन्। सम्मान कार्यक्रममा वन मन्त्रालयका सचिव राजेन्द्र मिश्र, नेपाल रिपब्लिक मिडियाकी प्रबन्ध निर्देशक समृद्धि ज्ञवालीसहित विशिष्ट व्यक्तिहरू सहभागी थिए।

यो पनि पढ्नुहोस्

नागरिक नायक: संरक्षणकी देवी नन्दादेवी

यो पनि पढ्नुहोस्

'नागरिक नायक' नन्दादेवी भन्छिन्ः लालीगुराँस र चराचुरुंगीसँग हुर्किरहेको हुँ, वन प्यारो लाग्छ

यो पनि पढ्नुहोस्

नन्दादेवी, घनश्याम र पूजा ‘नागरिक नायक’

प्रकाशित: १४ वैशाख २०८२ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App