१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

'नागरिक नायक' नन्दादेवी भन्छिन्ः लालीगुराँस र चराचुरुंगीसँग हुर्किरहेको हुँ, वन प्यारो लाग्छ

वन जोगाउन खोज्दा माफियाको आक्रमणबाट संयोगले ज्यान जोगिएकी कैलालीकी नन्दादेवी कुँवर नागरिक नायक–२०८२ बाट सम्मानित भएकी छन्। शनिवार नेपाल प्रहरी क्लब काठमाडौंमा आयोजित एक समारोहका बिचमा राष्ट्रपति रामचन्द्र पौडेलबाट कुँवर सम्मानित भएकी हुन्।  

सम्मानित घोषणा हुँदा वन संरक्षण अभियन्ता कुँवरले आफूलाई निकै खुसी लागेको बताइन्। ‘मैले वन संरक्षणको प्रयास गर्दा वनको माया मात्रैले गरेको हो। त्यसमा झण्डै ज्यान गुमाउन पर्यो, अपांग जीवन बन्यो,’ उनले भनिन्,‘अहिले सम्मानीय राष्ट्रपतिबाटै यसरी सम्मानित हुन पाउँदा खुसी लागेको छ।’

पत्रकार बालकृष्ण अधिकारीसँग कुरा गर्दै कुँवरले आफू वनजंगलमै हुर्किएकाले संरक्षणको प्रेरणा मिलेको बताइन्। ‘वनमा हुर्किएको मानिस हुँ। बाबुआमाको घर जंगल नजिकै थियो । लालीगुराँस, चराचुरुंगीसँग खेलेको अनुभव छ। रुखका हाँगा काट्दा पनि लालीगुराँस फुल्दैन। मलाई त्यही भएर वन र रुखहरु प्यारा लाग्छ,’ कुँवरले भनिन्।

प्रकाशित: १३ वैशाख २०८२ १६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App