१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

देशभर मौसम सामान्यतया सफा, यी प्रदेशमा हल्का वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका कारण आज देशभर मौसम सामान्यतया सफा रहने जनाएको छ।

महाशाखाका अनुसार दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी र गण्डकीका पहाडी भेगका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्छ।

यस्तै, कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक-दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति कोशी र गण्डकीका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफा रहनेछ। कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली भेगमा एक-दुई ठाउँमा हल्का वर्षा र हिमपात हुन सक्छ। रासस

प्रकाशित: १० वैशाख २०८२ ०६:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App