१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

खोटाङको केपिलासगढीमा पनि रेडपाण्डा फेला

केपिलासगढीमा भेटिएको रेडपाण्डा । तस्बिर: महेश्वर

यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उच्च भेगमा भेटिएको लोपोन्मुख वन्यजन्तु रेडपाण्डा खोटाङको अर्को ठाउँमा पनि फेला परेको छ । जिल्लाको उत्तर पहाडी भेगको केपिलासगढी गाउँपालिका १ फेदीस्थित चिलिम–लाहुरे सामुदायिक वनमा रेडपाण्डा फेला परेको हो ।

केही समयअघि रेडपाण्डाजस्तो जनावरको पाइला स्थानीयले भेटेपछि हो होइन भन्ने यकिन गर्न रेडपाण्डाको खोजी भइरहेको थियो । चिसो ठाउँ र बाँसका बुट्यानक्षेत्र जङ्गलमा रेडपाण्डा रहेको पुष्टि भएको हो । विश्वकै दुर्लभ र लोपोन्मुख वन्यजन्तुमा सूचिकृत रेडपाण्डा यसअघि दिक्तेल रुपाकोट मझुवागढी १० को पाथेकामा फेला परेको थियो ।

१० नं. वडा पाथेकास्थित मेरुङ सामुदायिक वन उपभोक्ता समूहको जङ्गल क्षेत्रमा रेडपान्डा फेला परेपछि नगरपालिकाले संरक्षणका लागि काम थालेको छ। 

प्रकाशित: ७ वैशाख २०८२ १७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App