२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

प्रि-मनसुन सुरु, तीन दिनसम्म हल्का वर्षा

मौसमविद्हरूले काठमाडौं उपत्यकालगायत देशभर नै प्रि–मनुसन सुरु भएको बताएका छन्। प्रि–मनुसनमा दिउँसो बदली हुने, हल्का वर्षा हुने, साँझपख मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहन्छ।

मौसमविद् गोविन्द झाका अनुसार वर्षायाम सुरु हुनुअघि मार्च, अप्रिल र मेमा प्रि–मनुसन हुन्छ। नेपालमा जुन १३ देखि वर्षायाम सुरु हुन्छ। यसमा कहिलेकाहीं एकदुई दिन यताउता पनि हुन्छ। सामान्यता वर्षायाम अक्टुबर २ मा सकिन्छ। ‘प्रि–मनसुन सुरु भएकाले उपत्यकालगायत देशभर अझै एकदुई दिन मनुसन यस्तै हुने सम्भावना छ। बदली लाग्ने, हल्क वर्षा हुने तथा मेघगर्जनसहित चट्याङ पर्ने सम्भावना छ,’ झाले भने, ‘दुई÷तीन दिनपछि मात्र मनसुन सफा हुने सम्भावना रहन्छ।’

मौसम पूर्वानुमान महाशाखाले शनिबार साँझ मौसमसम्बन्धी निकालेको बुलेटिनअनुसार आइतबार कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी सोमबार कोसीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार सोमबार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। गत साल वर्षायाममा धेरै वर्षा भएको थियो।

यस वर्ष वर्षायाममा पोहर सालको जस्तो वर्षा हुन्छ कि कम हुन्छ भन्ने विषयमा मौसमविद्हरूले अध्ययन गर्ने भएका छन्। अध्ययन गरेपछि यस विषयमा केही भन्न सकिने झाले बताए। गएको साल गर्मी र वर्षा दुवैले रेकर्ड तोडेका थिए।

गत साल काठमाडौं उपत्यकामा विगतमा भन्दा बढी वर्षा भएको थियो। त्यस्तै जल तथा मौसम विज्ञान विभागले देशभर राखेका स्टेसनमध्ये ११ वटाले गर्मीको रेकर्ड तोगिएको देखाएका थिए।

प्रकाशित: ७ वैशाख २०८२ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App