१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

च्यासलको ग्यारेज र कबाडी कारखानामा चल्यो महानगरको डोजर

काठमाडौं महानगरपालिकाले च्यासलमा अनधिकृत संरचना बनाएको भन्दै डोजर चलाएको छ।

बिहीबार नगर प्रहरी बलले बालकुमारी पुल क्षेत्रमा रहेका कवाडी संकलन केन्द्रमा डोजर चलाएको हो ।

पटक पटक सूचना दिँदा पनि अँटेर गरेपछि डोजर चलाइएको महानगरले जनाएको छ ।

त्यहाँका स्थानीयहरूले ग्यारेज र कबाडी कारखानाले आगलागी हुने डर र अर्कातर्फ नजिकै  विद्यालय हुँदा प्रदूषणका कारण पठनपाठनमा अवरोध पुगेको भन्दै वडा नम्बर ३२ को कार्यालयमा निवेदन दिएको र सोहि अनुसार हटाएको महानगर प्रहरीले जनाएको छ।  

प्रकाशित: ४ वैशाख २०८२ १४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App