११ पुस २०८२ शुक्रबार
image/svg+xml
समाज

समाचार कक्षलाई समावेशी बनाउनु पर्छः अध्यक्ष शिव लम्साल

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले समाचार कक्षहरू समावेशी हुनुपर्ने बताएका छन् । 

लम्सालले पत्रकारिता क्षेत्र समावेशिता र सहभागीताको मूल आधार बन्नु पर्ने धारणा राखे। समावेशी पत्रकारिता नहुन्जेल लोकतान्त्रिक संचार प्रणाली सुदृढ नहुने उनको भनाइ थियो। 

फोनिजको आठौं महाधिवेशन अन्तर्गत लुम्बिनीमा आयोजित उद्घाटन सत्रमा बोल्दै अध्यक्ष लम्सालले यस्तो धारणा राखेका हुन्। मातृभाषामा प्रकाशित समाचारपत्र र तिनमा कार्यरत पत्रकारहरूको वृत्ति विकासका लागि राज्यले विशेष योजना ल्याउनुपर्नेमा अध्यक्ष लम्सालले जोड दिए।

"राज्यले अध्ययन भ्रमण, तालिम र क्षमता विकासमा लगानी गर्नुपर्छ," उनले भने। साना लगानीमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमहरूलाई सरकारले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै अध्यक्ष लम्सालले मुलुकको लोकतान्त्रिक परिवर्तनमा पत्रकारहरूको योगदान उल्लेखनीय रहेको बताए। 

“राजाको शासन टिकेन, सत्ताहरू टिकेनन्—जब पत्रकारको आवाज दबाउन खोजियो। त्यसैले आज पनि पत्रकारलाई समाचार लेखेकै आधारमा थुन्ने, सञ्चारमाध्यम बन्द गर्ने प्रयासहरू सह्य हुँदैनन्,” उनले भने।

प्रकाशित: २९ चैत्र २०८१ १६:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App