१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

अनेमसंघ कालीकोटको अध्यक्षमा परियार

अखिल नेपाल महिला संघको आठौं जिल्ला महाधिवेशनबाट अध्यक्षमा तुलसी परियार निर्वाचित भएकी छिन्। बुधबार पार्टी कार्यालय मान्ममा सम्पन्न अधिवेशनले परियारको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।

नेकपा (एमाले) निकट अनेमसंघको उपाध्यक्षमा जौकला शाही र ललिता चौलागाईं, सचिवमा नन्दा बिष्ट, सहसचिवमा गोमा सिम्खाडा तथा कोषाध्यक्षमा मनशोभा सुनार चयन भएका छन्।

एमाले कालीकोटको नेतृत्वले नयाँ टिमलाई शुभकामना दिँदै संगठनलाई अझ सशक्त बनाउन अनेमसंघको भूमिका महत्वपूर्ण रहेको विश्वास पार्टीले जनाएको छ।

प्रकाशित: २० चैत्र २०८१ २०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App