१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ६:४६ पूर्वाह्न
समाज

दुर्गा प्रसाईं भन्छन्: मदन भण्डारीको भनाइ सत्य साबित भयो

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले मदन भण्डारीको भनाइ सत्य साबित भएको दाबी गरेका छन्।

शुक्रबार प्रदर्शनमा जानु पूर्व सामाजिक सञ्जालमा एक भिडियो हाल्दै प्रसाईंले मदन भण्डारीको भनाइ आज सत्य साबित भएको दाबी गरेका हुन्।

'२०७९ साल फागुन १५ मा श्री पाँच महाराजाधिराजको हातबाट दियो बालेको थिए। त्यो दियो आज काठमाडौंमा आज ज्वालाको रुपमा बज्रिँदै छ। आज जनविद्रोहको घोषणा गर्दा आज मैले मदन भण्डारीलाई सम्झे', उनले भने, 'देशमा एउटा राजा रहन रहनले केही अर्थ लाग्दैन तर सामन्तवादको अवशेषहरू धेरै रहे भने त्यसले देशलाई उजाड बनाउँछ भनेका थिए आज ठ्याक्कै त्यही पुग्यो।'

प्रकाशित: १५ चैत्र २०८१ १०:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App