चैत २८ गतेदेखि सुरु हुने यो वर्षको भक्तपुरको बिस्का जात्रा सभ्य अनि भव्य रुपमा सम्पन्न गर्न स्वयंसेवक परिचालन गरिने भएको छ ।
बिस्का जात्रा अवधिभर जात्रामा अत्याधिक भीड हुने दिनहरू चैत्र ३१ गते बैशाख १ र ५ गते स्वयंसेवकहरू खटाइ आवश्यक व्यवस्थापन गर्ने निर्णय गरिएको हो।
जात्रा चैत्र २८ गतेदेखि २०८२ वैशाख ५ गते सम्म सञ्चालन हुने छ । प्रत्येक वर्ष भक्तपुरको बिस्का जात्रा ८ रात ९ दिनसम्म धुमधामका साथ मनाइन्छ । भक्तपुरको प्रसिद्ध बिस्का जात्रा देश विदेशीको साझा जात्राको रुपमा समेत रहेको छ । यही कारण जात्रालाई सभ्य भव्य बनाउन स्वयंसेवक परिचालन गर्न लागिएको जनाएको छ । जात्राको क्रममा हजारौँको भीड हुने र त्यसबाट उत्श्रृंखल क्रियाकलापसमेत हुनसक्ने सम्भावनालाई मध्यनजर गरी यस्तो व्यवस्था गर्न लागिएको जनाइएको हो ।
भक्तपुरको बिस्का जात्राको मुख्य आकर्षण भैरवनाथको रथ तान्नु, ५५ हात लामो लिङ्गो उठाउनु र ढाल्नु रहेको छ । जात्रा हेर्नका लागि दसौँ हजार जात्राप्रेमीहरु जात्रा स्थलमा पुग्ने गर्दछन्।
प्रकाशित: १४ चैत्र २०८१ १८:३८ बिहीबार





