१४ चैत्र २०८१ बिहीबार
image/svg+xml १:३९ पूर्वाह्न
समाज

आजको मौसम: देशभर आंशिक बदली, हिमपात र वर्षाको सम्भावना

फाइल तस्बिर

अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ। आज देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ, जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ। कोशी प्रदेशको पहाडी क्षेत्रका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ।

त्यस्तै, उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ। राति देशभर आंशिक बदलीदेखि मौसम सफा रहनेछ।

आगामी २४ घण्टामा कोशी प्रदेशको पहाडी क्षेत्रका एक-दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्छ। उच्च पहाडी र हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ। 

दैनिक जीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने भएकाले त्यसबाट जोगिन सतर्कता अपनाउन विभागले भनेको छ। रासस

प्रकाशित: ११ चैत्र २०८१ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App